आज:  | Mon, 20, May, 2024

लामो रस्साकस्सी पछी प्रमुख प्रशासकीय अधिकृत सहित सहसचिवहरुको सरुवा

१७ फाल्गुन २०८०, बिहीबार १९:३३ मा प्रकाशित ( २ महिना अघि) ४२२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १७ फागुन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा सरकारले ४३ जना सहसचिवको सरुवा गरेको छ ।  हेटौंडाका प्रमुख प्रशासकीय अधिकृत शिव राज चौलागाई सहित संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

सिंहदरवारस्थित विशेष प्रशासन ब्युरोलाई दिएको जानकारीको विवरण अनुसार चौलागाईको ठाउँमा राम बाबु पुरी प्रमुख प्रशासकीय अधिकृत बनाई खटाइएको छ ।

सहसचिवहरूको सरुवाका विषयमा लामो रस्साकस्सी भएतापनि सहसचिवको सरुवा गर्ने कामलाई टुंगो लगाइएको हो । स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई ‘आ,आफ्ना पालिकामा आफुले चाहेका,मनपराएका तथा आफु अनुकुल काम गर्न सहज बनाउनको लागी रोजेर सहसचिवहरू छनौट गर्ने गर्दछन् ।

यस्तै सहसचिवहरूलाई पनि आफुलाई काम गर्न सहज बनाउनकै लागी र सेवा सुविधा सम्पन्न पालिकामा जान पाउन ारीहत्ते गरिरहेका पाईन्छ । त्यस्तै जाने’, ‘लैजाने’, ‘माग’ गर्ने र ‘मिलाउने’बीचको तालमेल नमिल्दा पटक पटक फेरबदल भएको सूची बिहीबार दिउँसो सार्वजनिक भएको हो । माघ अन्तिम साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३३ जना सहसचिवको सरुवा तथा पदस्थापनको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।

कतिका नाम हटाउदै त कतिका नाम फेरबदल सहित नयाँ पदस्थापनसमेत गरी २९ जना सहसचिवको सूची पुनः पठाएको थियो । अर्थ मन्त्रालयमा जाने र त्यहाँबाट निकाल्ने सहसचिवका कारण उक्त सूची लामो समयसम्म गुपचुप बसेको थियो । अर्थले २९ जना सहसचिवको सरुवा बन्धक १जना भन्ने जस्ता स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालय जान खोज्ने र त्यहाँबाट अन्त पठाउने सहसचिवहरूको नामावली नै हटाएपछि सूचीले केही गति लिएको थियो । सम्बन्धित व्यक्तिका नाम हटाएपछि सहसचिव सरुवा तथा पदस्थापनको टुंगो लाग्यो, ४० हाराहारीमा सूची तय भएको र, अन्तमा ४० मा तीनजना थपी सूची सार्वजनिक भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस