आज:  | Mon, 29, Apr, 2024

विद्यालयका बालबालिकहरुलाई सचेतनामुलक अभिमुखीकरण कार्यक्रम

२० फाल्गुन २०८०, आईतवार १९:०७ मा प्रकाशित ( १ महिना अघि) १७४ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

नारी बाटिका संवाददाता

धादिङ २० फागुन ।

आईतबार विद्यालयका बालबालिकहरुलाई लैंगिक हिंसा,बिरुद्ध तथा साईबर क्राइम लगायतका विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

धादिङको गजुरी गाउँपालिकाको १ स्थित श्री आदर्श माद्यामिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विधार्थीहरु तथा शिक्षक समेतलाई लैंगिक हिंसा बिरुद्ध,साईबर क्राईम,,तथाबाल यौन हिंसा बिरुद्धको सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा उक्त विद्यालयका ८० जना बालबालिका र शिक्षकको सहभागीतामा जि.प्र.का.धादिङबाट खटि गएका प्रहरी निरीक्षक नन्द किशोर प्रसाद चौहान र प्रहरी नायव निरीक्षक चन्द्र मोक्तानबाट लैङ्गिक हिंसा नियन्त्रण विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

यस्तै  मानव बेचबिखन, साईबर अपराध, बाल यौन दुर्व्यबहार र कानुनी प्रावधान सम्बन्धी प्रस्तुतिकरण कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस