आज:  | Mon, 06, May, 2024

लैङ्गिक हिंसा बिरुद्धको सचेतनामुलक तथा मनोविमर्श तालिम सम्पन्न

२२ फाल्गुन २०८०, मंगलवार २०:२३ मा प्रकाशित ( २ महिना अघि) ३५३ पाठक संख्या
नारी बाटिका


नारी बाटिका संवाददाता

धादिङ—२२ फागुन ।

नारी जागरण केन्द्रद्वारा सामाजिक बिकास मन्त्रालयको सहयोगमा आज लैङ्गिक हिंसा बिरुद्धको सचेतनामुलक तथा मनोविमर्श तालिम सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा निवारण सम्बन्धी समुह,निर्बाचित महिला सदस्यहरु,संन्चारकर्मी तथा सहकारीका प्रतिनिधीहरुका लागी लैगिक हिसा बिरुद्ध तथा मनोविमर्श तालिम मंगलबार धादिङवेशीमा सम्पन्न भएको हो ।

 

परिवार तथा समाजमा लैंगिकताको आधारमा गरिने विभेदमा आधारित हिंसा रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउने अभियान अन्तर्गत पछिल्लो समयमा लैंगिक हिंसाकै कारण मनोसामाजिक समस्या बढ्दै गैईरहेकोले सचेतना जगाउनका लागी कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

यस समस्याले आत्महत्याको समेत धादिङमा संख्या बड्दै गैरहेको हुंदा यस समस्थाको समाधानमा सहयोग पर्याउनका लागी मनोविमर्श तालिम संन्चालन गरिएको आयोजक संस्था नारी जागरण केन्द्रले जनाएको छ ।

हालको अबस्थामा समाजमा आधुनिकरणले फड्को मारे संगसंगै सामाजिक संन्जालको दुरुपयोग ले निम्त्याएको हिंसाका प्रकारको बारेमा साथै हिंसाले निम्त्याएको मनोसामाजिक समस्या न्युनिकरणका बारेमा तालिम संन्चालन गरिएको थियो ।

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा नारी विकास महिला सहकारी संस्थाको ब्यवस्थापन र नारी बाटिका डट्कम अनलाईन खबरको सुचना संप्रेशनमा

मंगलबार धादिगवेसीमा लैंगिक हिंसा बिरुद्धको सवाल समुदायमा सचेताना जगाउने उदेस्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

सेवा केन्द्र संग सम्वन्धित विषय तथा सरोरवालाहरु मध्य पनि वडाबाट निर्बाचित भई स्थानिय तहमा महिलाकै हकहितमा काम गरिरहेका जनप्रतिनि महिला

सदस्यहरुको सहभागितामा सम्मन्न तालिममा मानसिक समस्याले पछिल्लो समयमा व्यक्ति र समजमा हिंसाको स्वरुप समेत फेरिएको विषयमा चर्चा गरिएको थियो ।

निलकण्ठ नगरपालिकाका मनोसामाजिक तथा मनोपरामर्शदाता रामकुमार थापाले मनोसामाजिक समस्या भनेको के हो ? 

यो समस्याले पछिल्लो समयमा बालबालिकाहरुमा कस्तो अशर पारेको छ र बालबालिकामा देखिएको समस्या विषयमा सहजीकरण गर्नु भएको थियो ।

यसैगरी नारी जागरण केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले लैंगिक हिंसाका घटनाले घर,परिवार र समाजलाई पार्ने असर,परिवारमा घरेलु तथा लैंगिक हिंसा हुदा त्यस परिवारका बालबालिकामा पार्ने असर आदीको बारेमा सहजीकरण गर्नु भएको थियो ।

नारी जागरण केन्द्रका अध्यक्ष तथा जेष्ठ नागरिक चित्र कुमारी भण्डारीको अध्यक्षता तथा निलकण्ठ नगरपालिकाका केही वडाका महिला सदस्यहरु,सान्ता थापा,राम्री नेपाली,मन्जु राना लगायतको आतिथ्यता रहेको थियो ।

केन्द्रद्वारा आयोजित कार्यक्रममा लैंगिक हिंसा न्युनिकरण गर्नको लागी तिनै तहको सरकार,गैसस,नेपाल प्रहरी, विद्यालय लगायता सबै समेन्त्रहरुले प्राथमिकता दिई सय विषयमा सचेतना जगाउनु पर्ने छलफल गरिएको

लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र लक्ष्य, उदेश्य, अवधारणाका साथ यस अभियानबाट २०८० फागुन १ गतृदेखी ३० गते सम्म विविध क्रियाकलापहरु गरिने कार्यक्रमको योजनाका बारेमा समेत जानकारी दिने उदेश्यले सरोकारवालाहरुको बिचमा कार्यक्रम आयोजना गरिएको केन्द्रका कार्यकारी निर्देशक भगतवती उप्रेतीले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%५%१%

प्रतिक्रिया दिनुहोस