आज:  | Mon, 29, Apr, 2024

११४औं नारी दिवश,संस्था स्थापना दिवशको अबसरमा बालबालिकामा शैक्षिक साम्रगी वितरण

२३ फाल्गुन २०८०, बुधबार १९:५२ मा प्रकाशित ( १ महिना अघि) ३४२ पाठक संख्या
नारी बाटिका


भगवती

धादिङ – २५

निकै लामो समयदेखी प्रभाकारी रुपमा काम गर्दै आईरहेको नारी जागरण केन्द्रले बुधबार शैक्षिक सामग्री बितरण गरी भव्यतापुर्वक २५ औं जन्मजयन्ती मनाएको छ ।

केन्द्रले आफ्नो स्थापनकाकालको २५ औं स्थापना दिवस तथा ११४ औं नारी दिवशको सन्धर्व पारेर वागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको सहयोगमा हिंसा प्रभावित बालबालिकाहरुलाई अध्ययनका लागी शैक्षिक सामाग्री बितरण गरिएको हो ।

२५औ संस्था स्थापना दिवश तथा ११४औं अन्तर्रराष्ट्रिय नारी दिवश मनाउँदै नारी जागरण केन्द्रले आज हिंसा प्रभावित बालबाीलकालाई शैक्षिक साम्रगी वितरण गरिएको छ ।

२०५६ साल फागुन २३ गते आजैका दिन समाजमा पिछडिएका वर्गमा सामाजिक सेवा गर्नका लागी स्थापना भएको नारी जागरण केन्द्र (एनजेके)ले बुधबार २५ औं संस्था स्थापना दिवश तथा ११४औं अन्तर्रराष्ट्रिय नारी दिवसको अवसर पारेर १७ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरेको हो ।

वागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको सहयोगमा संन्चालित लैंगिक हिंसा बिरुद्धको जिल्ला सेवा केन्दसंग सम्वन्धित विषयमा सरोकारवाला सचेतनामुलक कार्यक्रम अन्तर्रगत 

कक्षा,१ देखी कक्षा १२ सम्म अध्ययनरत बालबालिकालाई शैशिक सामग्री बितरण गरिएको थियो । 

यस कार्यक्रममा धादिङ जिल्लाका लैंगिक हिंसामा परी न्यायको लागी स्थानीय न्यायिक समिती तथा प्रहरीमा उजुरी परेका,अदालतमा मुद्धा चलिरहेका

प्रहरी कार्यलम महिला सेलबाट मिलापत्र भई परिवारमा पुर्नथापना भएका बालबालिका तथा हिंसा प्रभावित महिलाका परिवारका बालबालिकाहरुलाई छनौट गरी छनौट गरिएको थियो ।

कार्यक्रममा विद्यालय पोशाक,स्कुल ब्याग,स्टेशनरी,कपी,कलम,पेन्सिल,कटर,मसी लगायतका सामग्रीहरु बितरण गरिएको हो ।

     

केन्द्रका अध्यक्ष तथा जेष्ठ नागरिक चित्र कुमारी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बालबालिकाका अभिभावक,महिला समुहका प्रतिनिधीहरु,केन्द्रका पदाधिकारीहरु,नारी बिकास सहकारी संस्थाका संन्चालक तथा विभिन्न उपसमितीका पदाधिकारीहरु,कर्मचारीहरु,संन्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रत्येक वर्ष मार्च ८ मा मनाईने अन्तर्रराष्ट्रिय नारी दिवस तथा केन्द्रको २५ औं स्थापना दिवसको सन्धर्व पारेर आयोजित कार्यक्रममा केन्द्रको स्थापना कालदेखी हालसम्मको चुनौती र सम्पन्न गरिएका बिकासका कार्यको स्मरण गर्दै आगमी दिनमा कसरी सेवामुखी कार्यलाई निरन्तरता दिने भन्ने बारेमा छलफल गरिएको थियो ।

लामो समयदेखी महिला बालबालिकाको क्षेत्रमा प्रभावकारी रुपमा काम गर्दै आएको केन्द्र (एनजेके)को आयोजनामा धादिङवेशी स्थित केन्द्रको आफ्नै कायैक्रम सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै वागमती प्रदेश सरकारको आर्थिक सहयोगमा केन्द्र र नारी बिकास सहकारी संस्थाको ब्यवस्थापन तथा सहकार्यमा यही फागुन १ गतेदेखी लैंगिक हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम संन्चालनको अन्तिम चरणमा पुगेको छ । केन्द्रले आफ्नो स्थापनाको २५ वर्षसम्म सम्पन्न गरिएका परियोजना तथा कृयाकलापको समिक्षा गर्दै आगमी वर्षको लागी कार्ययोजना सहित भव्यताको साथ सम्पन्न भएको हो ।

अनवरत रुपमा जिल्लामा पछाडी परेका तथा लैंगिक हिंसा,घरेलु हिंसामा परेका पिडितहरुका क्षेत्रमा उल्लेखनिय काम गर्दै हिंसा न्युनिकरण गर्न पुरुष र स्वयम महिलाले नै आफनो जिम्मेवारी र कतव्य संगै अधिकार खोज्ने हो भन्ने चेतनाको बिकास गर्दै अघि बढीरहेको छ ।

विषेश गरी लैंगिक हिंसा नियन्त्रणको लागी तालिम,गोष्ठी,भ्रमण,तथा मुख्यतया महिला समुहमा सहुलियत कर्जा परिचालन गरी बाख्रापालन,कुखुरा पालन,तरकारी खेती,कस्मेट्रिक पसल,टेलरिङ लगायतका क्षेत्रमा ब्यवशाय संन्चालनमा सहयोग गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१०%

प्रतिक्रिया दिनुहोस