नारी बाटिका संवाददाता
धादिङ ६ चैत
प्रेस काउन्सिल नेपालद्वारा पत्रकारिता आचासहिता सम्वन्धि विषयमा अन्तर्रकृया कार्यक्रम सम्पन्न गरिएको छ । शोमबार नेपाल पत्रकार महाँसंघ धादिङका अध्यक्ष राजाराम शर्माको अध्यक्षतामा धादिङवेशीमा आयोजित कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथी एव्ं प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतले कार्यक्रमलाई संवोधन गर्नु हुदै पत्रकारितालाई विकल्पको पेशा भन्दा पनि रोजाई र चहानाको कार्यक्षेत्र बनाउनु पर्ने प्रेस बताउनु भएको छ । अरु पेशा गरेपछि विकल्पमा क्यामेरा किन्ने भन्दा पनि पत्रकारितालाई रहर र रोजाईको पेशा बनाउनु पर्नेमा उहाँको जोड रहेको थियो
रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनले जस्तै यूट्युवले पनि पत्रकारिताको क्षेत्रमा ठूलै योगदान पु¥याएको भन्दै युट्युव र आचार संहिताको सवालमा सकारात्मक हुनुपर्ने उहाँको भनाई छ । यस्तै पत्रकारितामा केही यूट्यव चलाउनेहरुले बेइमानी गरे भन्दैमा सिंगो यूट्युव सञ्चालन गर्नेलाई दोष दिन नहुने उहाँले बताउनु भयो ।
उहाँले ‘यूट्युवलाई नकरात्मक आलोचनात्मक मात्रै भन्दा पनि सकरात्मक दृष्टिकोणले हेरिनु पर्ने र युट्युव मार्फत भइरहेका पत्रकारितालाई प्रोमोशन गर्नुपर्छ । यूट्युव पनि पत्रकारिता क्षेत्रको एउटा अवसर हो । बलियो, मर्यादित र विश्वसनिय बनाउदै लैजानुपर्छ ।बस्नेतको भनाई रहेको छ ।
यस्तै कतिपय पत्रकारिता तथा यूट्युवरहरु आचारसंहिता अनुकुल छ छैन त्यसको अनुगमन नियमन हुन आवश्यक छ’ उहाँले भन्नु भयो । प्रेस काउन्सिल नेपालको आयोजनामा नेपाल पत्रकार महासंघ धादिङको संयोजनमा आयोजित धादिङका पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा पत्रकार र पत्रकारिता क्षेत्रको आचारसंहिताका विषयमा छलफल भएको थियो ।
उक्त अन्तर्रकृया कार्यक्रममा यूट्युवका कारण पत्रकारिता क्षेत्रकै विश्वसनियत घट्दै गएको सहभागीहरुको जिज्ञासा रहेको थियो । यूट्युवलाई व्यवस्थित र मर्यादित बनाउन नसकिए पत्रकारिता क्षेत्र धारासायी तथा घिनलाग्दो बन्न सक्ने र श्रमीजवि पत्रकारहरु माथिको विश्वासनियता पनि घट्दै जाने सहभागी पत्रकारहरुको गुनासो रहेको थियो ।
यस्तै पछिल्लो समयमा आफुनो सिप र मेहनतले भन्दापनि कतिपयले सामग्री कपिपेस्ट गर्ने र मिडियाहरुको प्रविधि पनि बढिरहेकोले यस तर्फ काउन्सिलले ध्यान दिनुपर्नेमा समेत जोड दिएका छन् । यस्तै धादिङको पत्रकारिता क्षेत्रलाई अब्बल बनाउनको लागि महासंघले विभिन्न क्षमतामुलक कार्यक्रमहरु संचालन गर्दै आएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माको भनाई छ ।
प्रतिक्रिया दिनुहोस