आज:  | Tue, 30, Apr, 2024

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको दोस्रो मात्रा दिन सुरु

७ चैत्र २०८०, बुधबार १९:१७ मा प्रकाशित ( १ महिना अघि) २३५ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ७ चैत।

सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । महिला तथा किश्वरीमा हुन सक्नेमा हुने पाठेघरको मुखको क्यान्सर रोक्नको लागी ह्युमन प्यापिलोमा भाइरस (एचपीभी खोपको दोस्रो मात्रा दिन सुरु गरिएको हो ।

९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई एचपीभी खोप देशभर ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा दिन सुरु गरेको छ । पहिलो मात्रा लगाएको ६ महिनापछि दोस्रो मात्रा लगाउनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जनसङ्ख्या मन्त्रालयका अनुसार कोशी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, सुर्खेत अस्पतालमा आजबाट खोप लगाउन सुरु गरिएको हो । यसैगरी भेरी अस्पतालमा चैत ६ गतेबाट, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा भोली चैत ८ गतेबाट र डडेलधुरा अस्पतालमा यसै चैत १५ गतेबाट एचपीभीको दोस्रो मात्रा दिइने जनाएको छ ।

स्वास्थ्य संस्थामा एचपीभी दोस्रो मात्राको खोप लिन जाँदा अनिवार्य रुपमा पहिलो पटक खोप लगाएको खोप कार्ड लिएर जान मन्त्रालयले सबै किश्वरीहरुमा अनुरोध गरेको छ । नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार महिला तथा किश्वरीमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस