
बिबियु, नारी वाटिका। डटकम
धादिङ -२२ साउन ।
जिल्ला प्रहरी कार्यालय धादिङ यस पटक पनि देशभरबाट उत्कृष्ट कार्य गर्ने पहिलो जल्ला प्रहरी संगठन बनेको छ । हरेक महिना देशका सातै प्रदेश अन्तर्रगतका पहाडी जिल्ला प्रहरी संगठनको कार्य सम्पादन मुल्याङकन गर्दा लगातार तेस्रो पटक पनि धादिङको जिल्ला प्रहरी कार्यालयलाई उत्कृष्ठ घोषणा गरिएको हो ।
मुख्यतया प्रहरीको जिम्मेवारीभित्र पर्ने अपराध नियन्त्रण शान्ति सुरक्षा र जनसेवाको पाटोलाई विशेष स्थान दिइएको हुन्छ । सोही अनुसारको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय धादिङ लगातार तेस्रो पटक प्रथम भएको हो।
प्रहरी उपरीक्षक (एसपी) नेतृत्व मा रहेका १५ वटा पहाडी जिल्ला प्रहरी कार्यालयमध्ये नेपाल प्रहरी प्रधान कार्यालयले गरेको महिनाको कार्यसम्पादन मूल्याङ्कनमा धादिङले सबैभन्दा उत्कृष्ट नंम्वर प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो।
स्थानीय तहमा रहेर कार्य गर्ने नेपाल प्रहरीको उल्लेखित मुख्य भुमिकाभित्र प्रशासनिक सुधार, कार्यालय अभिलेख व्यवस्थापन, अपराध रोकथाम तथा न्यूनीकरण, आपराधिक घटनाको सत्य तत्थ्य पत्ता लगाउन प्रभावकारी अनुसन्धान, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागूऔषध नियन्त्रण भन्सार तथा राजस्व छलीका सामान बरामद, पुराना मुद्दाको अनुसन्धान र फैसला कार्यान्वयन लगायतका सूचकमा आधारमा मुल्याङकन गर्ने गरिन्छ ।
विशेष गरी धादिङ जिल्लाको हकमा देशका ठुला राजमार्गमध्यको प्रमुख राजमार्ग मानिएकोे पृथ्वी राजमार्गको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण अभियान, प्रहरी परिचालन, उजुरी तथा गुनासो व्यवस्थापन, प्रहरी कर्मचारीको गुनासो सुनुवाइ, अनुशासन, शान्ति सुरक्षा कायम गर्न सरोकारवाला निकायसँगको समन्वयको कार्य पर्दछ ।
यसका साथै विपद् व्यवस्थापनका क्षेत्रमा पनि धादिङ प्रहरीको कार्यसम्पादन प्रभावकारी रहेको मूल्याङ्कनमा उल्लेख छ।
सिमित स्रोत साधनका बाबजुद पनि जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काको नेतृत्व तथा सुचनाको राम्रो व्यवस्थापन गर्दै आउनु भएका प्रहरी प्रवक्त्ता तथा सुचना अधिकारी प्रकाश दाहालको सुचना व्यवस्थापनमा रहेको धादिङ जिल्ला प्रहरी संगठनले निष्ठा जिम्मेवारप्रतिको प्रतिबद्धता कार्यकुशलता र सर्वसाधारणले समेत महशुस गर्ने गरी प्रभाह गरेको जनसेवा प्रशंसीय रहेको पाइयो ।
साथै स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध अभियान सञ्चालन गर्दै अपराध न्यूनीकरण गर्नमा सक्रिय भूमिका निभाउँदै आईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताउनु भयो ।












प्रतिक्रिया दिनुहोस