
नारी बाटिका
काठमाडौं -११ चैत ।
नेपाली काँग्रेसका सभातपती तथा पुर्वप्रधानमन्त्री शेरवहादुर देउवाले सम्पुर्ण नेपालीहरुमा होलको शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले “ फागुपर्वमा खेलिने विविध रङ्गजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपले विविधतापूर्ण रहेको छ, यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ, फागुपर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो”, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
यस्तै नेता देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धिमा प्रेरित गर्ने बताउनु भयो।
साथै उहाँले नेपालको हिमाल, पहाड र तराईका जिल्लामा आज र भोली दुइ दिनसम्म हर्षोल्लासका साथ एकअर्कालाई रङ छरी खुसीयाली साटासाट गर्दै खेलिने होली(फागु)पर्वको सुखद अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको हो ।







प्रतिक्रिया दिनुहोस