
काठमाडौँ १३ चैत।
पछिल्लो समयमा केही दिनदेखी देशमा सुरु भएको वर्षा केही प्रदेशमा जारी रहेको छ । आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। आज कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधरण तया बदली र बाँकी भू(भागमा आंशिक बदली रहने छ।
मंगलबार कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
यससंगै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।












प्रतिक्रिया दिनुहोस