
धादिङ १६ चैत ।
हजारौंको ज्यान बचाउने अस्पतालमा कार्यरत डा.प्रतिभाको झुण्डीएको अवस्थामा फेला परेकी छिन् । विगत केही समयदेखी जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डा.प्रतिभा धौभडेल बिहिबार आफ्नै घरमा मृत अबस्थामा फेला पर्नु भएको हो ।
उहाँ काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित आफ्नै घरमा मृत भेटिनु भएको थियो । सलले पासो लगाएर झुण्डेको अवस्थामा भेटेपछि उनका श्रीमानले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पताल लगिएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
३४ वर्षीया डा.प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।असारदेखी धादिङ अस्पतालमा कार्यरत डा. धौभडेल बिदामा काठमाडौँस्थित घर जानु भएको थियो। प्रहरी वृत कालिमाटीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।












प्रतिक्रिया दिनुहोस