आज:  | Mon, 29, Apr, 2024

विश्वमा लैंगिक हिंसा बढ्दो चिकेनमा मसला नराखेको भन्दै श्रीमतीलाई छतबाट खसाली दिए

२० चैत्र २०८०, मंगलवार १७:१० मा प्रकाशित ( ३ हफ्ता अघि) १८७ पाठक संख्या
नारी बाटिका


इस्लामवाद,-२० चैत ।

विगतको तुलनामा पछिल्लो समयमा विश्वमा परिवर्तित तरिकामा लैंगिक हिंसा बढ्दो छ । यस्तै चिकेनमा मसला नराखेको भन्दै श्रीमानले श्रीमतीलाई छतबाट खसाली दिएका छन् । झट्ट सुन्दा अचम्मै लाग्छ । जसमा घटना पाकिस्तानको लाहोर सहरस्थित नोनारियन चोकमा भएको हो । पाकिस्तानको लाहोर शालिमार रोड नजिकै बस्ने मरियमलाई उनका श्रीमानले यही कारणले टेरेसबाट फालेका हुन्,।

श्रीमानले आफुनी श्रीमतीले बनाएको कुखुराको मासुमा उसलाई स्वादिष्ट लागेन जुन कारण थियो चिकेनमा खुर्सानी कम हनु । खानामा मसला नहुँदा श्रीमानले आफ्नी श्रीमतीलाई छतबाट तल फ्याँकिदिएको होला भनेर सुन्दै अचम्म त लाग्छ नै ।

यस भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यस भिडियोमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई कुखुराको मासुमा खुर्सानी हाल्न बिर्सेको कारणले श्रीमतीलाई छतबाट तल तल खसाली दिएको दृश्र्य देखाईएको छ ।

यस अपल्कनीय घटना घटेपछि त्यहाँ भेला भएका मानिसहरूले तत्काल निज महिलालाई नजिकको अस्पतालमा भर्ना गरेका थिए । हाल महिलाको अवस्था चिन्ताजनक रहेको र उनको उपचार भइरहेको जनाईएको छ ।

श्रीमती मरियमको खुट्टामा गम्भीर चोट लागेको छ । भाइरल भइरहेको भिडियोमा छतबाट खसेपछि खुट्टाको छेउमा भुइँमा लडेको देख्न सकिन्छ । यस अवधिमा उनी उठ्न पनि सक्दिनन् । पछि नजिकैका मानिसहरू आएर उनलाई अस्पताल लैजान मद्दत गर्छन् ।

पाकिस्तानी संन्चारमाध्यमका अनुसार पुलिसले एफआईआर दर्ता गरेको छ । यति मात्र होइन मुख्य अभियुक्त श्रीमान पनि पक्राउ परेका छन् । साथै पिडित महिलाकी सासू र जेठाजु विरुद्ध पनि अधिकारीहरूले मुद्दा दर्ता गरेका छन् । सासुको नाम शाजिया र भाउजुको नाम रोमन रहेको पाकिस्तानी प्रहरी स्रोतले संन्चार माध्यमलाई बताएको छ ।

पछिल्ला समयमा नेपालमा मात्रै नभएर विश्वमा परिवर्तित तरिकामा लैंगिक हिंसाको स्वरुप बढ्दो अबस्था पाईन्छ ।

तस्वीर स्रोत ; सामाजिक संन्जाल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस