आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

गायक राजेशपायल राई सहित ६जना पक्राउ परी भर्खरै छुटे

२०८० चैत्र २२, बिहिबार मा प्रकाशित ( १ साल अघि) ४०५८ पटक पढिएको
नारी बाटिका


फाईल तस्वीर

काठमाडौं २२ चैत ।

कलाकार राजेशपायल राई सहित ६ जना पक्राउ परी भर्खरै छुटेका छन् ।  गएराति अ.२ बजे काठमाडौंको देविनगरबाट गायक राजेशपायल राईसहित अन्य व्यक्तिहरु पक्राउ परेका हुन्।

उनीहरुलाई मदनभण्डारी कलेज नजिकैबाट राति प्रहरीले पक्राउ गरेको हो। मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले टेलिफोन गरी प्रहरीलाई जानकारी गराएका थिए।

गायक राई सहितका व्यक्तिहरुलाई प्रहरीले होहल्ला तथा झगडा नगर्न आग्रह गरेका थिए । तर उनीहरुले उल्टै प्रहरीलाई सरुवा गर्ने धम्की दिएपछि गायक राई सहित ६ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

अहिले उनीहरुलाई बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको थियो भने उनी भर्खरै छुटेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस