आज: २०८३ मंसिर ७, सोमबार | Mon, 23, Nov, 2026

नेपाल – भारतबीच आज भएको द्विपक्षीय आठ समझदारी

२०८३ मंसिर ७, सोमबार मा प्रकाशित ( ७ मिनेट अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ- ७ मंसिर ।

नेपाल – भारतबीच विभिन्न विषयमा द्विपक्षीय रुपमा आठ समझदारी पत्रमा हस्ताक्षर भएको छ।

नेपालका प्रधानमन्त्री बालेन शाहको मंसिर ६ र ७ गते भएको भ्रमणको आज दोस्रो दिन दुई देशबीचमा सम्पन्न उच्चस्तरीय भेटवार्तापछि उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो।

१.नेपाल भारतबिचमा आज भएको समझदारी अनुसार नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी) बीच शैक्षिक तथा अनुसन्धान सहकार्य हुने छ।

२.दोस्रो बुँदामा सुरक्षा तथा प्रहरी प्रतिष्ठानबीच सहकार्य गर्न नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) र भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) बीचमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

३. नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालनका लागि नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग अन्तर्गतको राष्ट्रिय सुशासन केन्द्रबीच समझदारी भयो ।

४.दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार (स्याटकम) नेटवर्क स्थापना गर्ने विषयमा नेपालको सूचना तथा सञ्चार मन्त्रालय र भारतको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) बीच सहमति भयो ।

५.स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्य गर्न नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय र भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर ।

६. आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणाली, दिगो शहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य समझदारी भएको छ। यस्तै तथा पशुपालन र मत्स्यपालन विकासको क्षेत्रमा सहकार्य गर्न नेपाल र भारत सरकारबीच छुट्टाछुट्टै समझदारी भएको हो।

अब पुरा हेर्नु होस्

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑