आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

आज नेपाल र बरोडाबिच खेल्दैछन्

२०८० चैत्र २३, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ९०६१ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२३ चैत ।

त्रिकोणात्मक सिरिज अन्तर्गतको फ्रेन्डसिप कपको खेल भारतमा जारी छ । आज नेपाल र बरोडाबिच खेल्दैछ । लिग चरणको अन्तिम खेल सुक्रबार नेपाली समय अनुसार पौने ३ बजे मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुने भएको छ।

यसअघि नेपालले शुरुका तिनै खेल जितेर फाइनलमा पुगेको थियो । साथै गुजरातले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ। बरोडाले अघिल्ला तिनै खेलमा पराजित भएर बाहिरि सकेको छ। जस अनुसार यस खेलको नतिजाले कुनै फरक नपार्ने देखिएको छ।

पर्सी(आइतबार) डबल राउन्ड रोबिनको आधारमा भएको खेलको फाइनल हुनेछ। नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो। त्यसपछि नेपालका टोली उतैबाटै ओमान तर्फ भिड्न जानेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस