आज:  | Tue, 30, Apr, 2024

सिरहामा दिउँसै हतियार देखाएर साढे १५ लाख रुपैयाँ लुटियो ।

२५ चैत्र २०८०, आईतवार १८:५० मा प्रकाशित ( ३ हफ्ता अघि) १६० पाठक संख्या
नारी बाटिका


काठमाडौँ २५ चैत ।
सिरहामा हतियार देखाएर साढे १५ लाख रुपैयाँ लुटीएको छ । आईतबार दिउँसो ग्लोबल बैंकबाट पैसा निकालेर मनी ट्रान्सफर गर्न लैजाँदै गर्दा हतियारधारी एक समुहले उक्त रकम लुटेका हुन् । कालो नकाप लगाएर आएका हतियारधारी समुहले पेस्तोल देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपयाँ लटेका थिए ।

आज बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले सो रकम लुटेका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारी समुहले सिराहास्थित ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ पेस्तोल देखाउँदै लुटेको सिरहा जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिनु भयो ।

प्रवत्ता सापकोटाका अनुसार पैसा लुटेर उनीहरू भारततर्फ भागेको हुन सक्ने प्रहरीको अनुमान छ । उनीहरूको खोजी कार्य तिब्रगतिमा भैरहेको घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस