आज:  | Tue, 30, Apr, 2024

आज मुस्लिम समुदायले धुमधामका साथ इद पर्व मनाउँदै

२९ चैत्र २०८०, बिहीबार ०७:४६ मा प्रकाशित ( २ हफ्ता अघि) २५३ पाठक संख्या
नारी बाटिका


बिबियु

नारी बाटिका संवाददाता

काठमाडौँ — २९ चैत ।

आज इस्लाम समुदायले धुमधामका साथ इद पर्व मनाउँदै छन् । एक महिनासम्म दिनमा पानी पनि नपिई कठोर ब्रत गरिने देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् ।

तीस दिनसम्म व्रत बुसी महिना दिन पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । हिजो (बुधबार) चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनु भयो ।

मुस्लिम धर्म विधी अनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । साथै रमजानलाई पवित्र महिना मानिन्छ । ुजकात (दान) यही महिनामा दिइन्छ,ु उहाँले भन्नु भयो , ुहामी यो महिनालाई पुण्य कमाउने महिना मान्दछौं ।ु

यस्तै इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइने गरिन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशभरमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ ।

यो तथ्याङ्क अपूर्ण भएको आरोप लगाउँदै उहाँले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिक लगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकार समक्ष पेस गर्ने आयोगको योजना रहेको बताउनु भयो ।

मुस्लिम धर्मावलम्बीका लागि काठमाडौँ उपत्यकामा मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उहाँले बताउनु भयो ।

आफ्नो परमपरा र धर्म संस्कृति बचाउन स्थान चाहिन्छ,, देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ उहाँले भन्नु भयो । मुस्लिम समुदायका लागी ठलो समुहमा भेला भएर नमाज पढ्ने, भएकोले सो सरहको सभाहलको आवश्ययकता पर्ने गर्दछ ।

इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस