
नारी बाटिका
काठमाडौँ -३ वैशाख ।
नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं प्रवक्ताको जिम्मेवारी गौरवकुमार केसीलाई दिएको छ । नेपाली सेनाको सुचनाअधिकारी तथा प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई तोकिएको हो ।
यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिक रुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गर्नु भएको थियो ।
सोही कार्यक्रमको अवसरमा सहायकरथी भण्डारीले प्रवक्ताको जिम्मेवारीमा रहने क्रममा आमसञ्चार जगतका सबै सञ्चारगृह, प्रकाशक, सम्पादक र विशेषगरी सुरक्षासग सम्बन्धित विटमा कार्यरत पत्रकारबाट भएको सद्भाव, सुभेच्छा र सहयोगका लागि आभार व्यक्त गर्नु भएको छ।
नवनियुक्त प्रवक्ता केसीले नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध र सहयोग आगामी दिनमा थप प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्नु भयो। केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुखका रुपमा कार्यरत हुनु भएको थियो। पुर्व प्रवक्ता सहायकरथी भण्डारीको भने सैनिक अभिलेखालयमा सरुवा भएको छ।








प्रतिक्रिया दिनुहोस