आज:  | Mon, 29, Apr, 2024

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी गौरवकुमार केसीलाई दिईयो

३ बैशाख २०८१, सोमबार १९:३२ मा प्रकाशित ( २ हफ्ता अघि) १४१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ -३ वैशाख ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं प्रवक्ताको जिम्मेवारी गौरवकुमार केसीलाई दिएको छ । नेपाली सेनाको सुचनाअधिकारी तथा प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई तोकिएको हो ।

यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिक रुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गर्नु भएको थियो ।

सोही कार्यक्रमको अवसरमा सहायकरथी भण्डारीले प्रवक्ताको जिम्मेवारीमा रहने क्रममा आमसञ्चार जगतका सबै सञ्चारगृह, प्रकाशक, सम्पादक र विशेषगरी सुरक्षासग सम्बन्धित विटमा कार्यरत पत्रकारबाट भएको सद्भाव, सुभेच्छा र सहयोगका लागि आभार व्यक्त गर्नु भएको छ।

नवनियुक्त प्रवक्ता केसीले नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध र सहयोग आगामी दिनमा थप प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्नु भयो। केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुखका रुपमा कार्यरत हुनु भएको थियो। पुर्व प्रवक्ता सहायकरथी भण्डारीको भने सैनिक अभिलेखालयमा सरुवा भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस