
विराटनगर ५ वैशाख।
विराटनगरको रानी क्षेत्रमा २ समुहबिच झपड हुदा तनाब ग्रस्त बनेको छ । दुई समुहको विवादले विराटनगरको– वडा नं. १५ स्थित रानी क्षेत्रमा तनाव सिर्जना भएकोछ ।
दुबै समुहबिच विवाद चरकिएपछी सो घटनालाई साम्य पार्न प्रहरीद्वारा हवाई फायर समेत गर्नु परेको हो ।
विराटनगर महानगरपालिका–१५ का स्थानीय युवाले बृहत् मोटरसाइकल र्याली निकाल्ने तयारी भैरहदा अर्को समूहले सो कार्यलाई अवरोध गर्न खोजेपछि विवाद सिर्जना भएको थियो ।
स्थिति नियन्त्रणका लागि भन्दै प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको हो ।यस्तै तनाबको अवस्था बढ्न नदिन ठूलो संख्यामा प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस