आज:  | Tue, 30, Apr, 2024

गाजाको हमासमा इजरायली आक्रमण,आतङ्ककारी पूर्वाधारहरु नष्ट

५ बैशाख २०८१, बुधबार २०:२१ मा प्रकाशित ( १ हफ्ता अघि) १३८ पाठक संख्या
नारी बाटिका


इजरायल, ५वैशाख ।

गाजाको हमासमा इजरायली आक्रमण,हंदा महत्वपुर्ण पूर्वाधारहरु नष्ट भएका छन् । इजरायली सेनाले मध्यगाजामा हवाई आक्रमण गरी रकेट लन्चर तथा हमासको आतङ्ककारी पूर्वाधार नष्ट गरेको छ । उक्त घटना बारे त्यहाँका संन्चारमाध्यका अनुसार यसै क्रममा केही आतङ्ककारीहरूलाई पनि नष्ट गरेको इजरायली रक्षा बलले जनाएको छ ।

यस्तै सशस्त्र ड्रोन सञ्चालन गर्ने हमास टोलीमाथि इजरायली सेनाको नजिकै एउटा आक्रमण भएको थियो । आक्रमणमा इजरायली विमानहरूले धेरै रकेट लन्चहरू प्रहार गरे, जुन इजरायलमा रकेट फायर गर्न तयार रहेको जनाइएको छ ।

यस्तै भूमिगत प्रक्षेपण चौकीहरू, भवनहरू लगायत सशस्त्र आतङ्ककारीले सञ्चालन गर्ने सैन्य संरचनाहरू र भूमिगत स्थानहरू सहित ४० भन्दा बढी पूर्वाधारहरूमा प्रहार गरिएको थियो ।

गत अक्टोबरमा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा हमासले आक्रमण गर्दा कम्तीमा एक हजार दुई सय मानिस मारिएका थिए । यसै क्रममा दुई सय ४० इजरायली तथा विदेशीहरूलाई बन्धक समेत बनाएका छन् । एक सय ३४ जना बन्धकहरुमध्ये इजरायलले हालै ३१ जनालाई मृत घोषणा गरी सकेको छ ।

स्रोत -रासस,एएनआई,टिपिएस)

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस