
नारी बाटिका
तुलसीपुर १० वैशाख ।
नेपाल प्रहरीले दाङको तुलसीपुरबाट मूर्ति चोरी गर्ने तीनजना महिला पक्राउ गरेको छ । आईबार दाङको तुलसीपुर(१९ छिल्लिीकोटमा रहेको कालिका । मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्ने तीन महिला पक्राउ परेका छन्।
तिनैजना महिलाहरुले माताको भेषमा गएर मूर्ति चोरी गरेका थिए । पक्राउ पर्नेमा तुलसीपुर(१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरेको हो।
तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो । पक्राउ परेका ति तीनै जनाले आफूहरू माता भएको भन्दै भगवानले घण्टी माग गरेकाले मन्दिरबाट मूर्ति र घण्टी उठाएको बताएका हुन्।
उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरी विरुद्ध मुद्दा चलाउने तयारी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले बताएका छन् ।







प्रतिक्रिया दिनुहोस