
नारी बाटिका
आज भएको इलाम(२ को उप निर्बाचनमा ५२ प्रतिशत मत खसेको छ । शनिबार सम्पन्न क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ३ साँडे बजेसम्मको तथ्याङ्क अनुसार ६० हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भएको ।
खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो । इलाम(२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । बिहान ७ बजेदेखि ७९ मतदान स्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भएको थियो ।
दिनभर सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । इलाम(२) मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
खसेका मत मध्यबाट एमालेका सुहाङ नेम्बाङ, काँग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
साँडे ३ बजे यताको विवरण लिन बाँकी रहेकोले मुख्य निर्बाचन अधिकृत संग सम्पर्कको प्रयास भैरहेको छ ।








प्रतिक्रिया दिनुहोस