आज:  | Tue, 14, May, 2024

नेत्रावती डबजोङ र खनियाँबास गाउँपालिका जोड्ने किन्ताङफेदीमा पक्की पुल निर्माण

१७ बैशाख २०८१, सोमबार ०७:२२ मा प्रकाशित ( २ हफ्ता अघि) १५६ पाठक संख्या
नारी बाटिका


धादिङ-१७ बैशाख

उत्तरी धादिङको किन्ताङफेदीमा पक्की पुलकोे निर्माण भएको छ । सो क्षेत्रमा पहिलो पटक पुलकोे निर्माण कार्य सम्पन्न भएसंगै आईतबार संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्र रुपमा उद्घाटन गर्नु भएको हो ।

नेत्रावती डबजोङ गाउम्पालिका र खनियाँबास गाउँपालिका जोड्ने उक्त पुल निर्माण भएपछि उत्तरी धादिङका नागरिकहरुलाई हिउँद बर्षा दुबै समयमा आवत जावत गर्न सहज हुने भएकोले स्थानीयवासी खुशी भएका छन् ।

उक्त पुल खनियाँबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङको बिशेष पहलमा नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डाको प्राविधिक सहयोग र खनियाबास, नेत्रावती डबजोङ,गंगाजमुना गाउँपालिकाको सयुक्त आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

यसअघि सो क्षेत्रमा पक्की पुल नहुँदा बर्षाको समयमा सवारी आवतजावत बन्द हुँदा उत्तरी धादिङका नागरिकले समस्या भोग्दै आएका थिए । खनियाबास गाउँ पालिका अध्यक्ष रणवहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको पुल उद्घाटन कार्यक्रममा संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा पुर्वमन्त्री दिलमान पाख्रिन, संविधानसभा सदस्य पुष्प विक्रम मल्ल ,प्रदेश साम्सद डम्बर बहादुर तामाङ, गोबिन्द लम्साल,नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको विशेष आतिथ्यता रहेको थियो ।

यसैगरी कार्यक्रममा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, नेत्रावती डब्जोङका अध्यक्ष मेघनाथ रिजाल, रुविभ्यालीका अध्यक्ष रामसिंह तामाङ लगायत ,बिभिन्न वडाका वडाध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस