आज:  | Sat, 18, May, 2024

बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार ठगी गर्ने एकजनालाई पक्राउ

२३ बैशाख २०८१, आईतवार ०७:१७ मा प्रकाशित ( १ हफ्ता अघि) १६३ पाठक संख्या
नारी बाटिका


काठमाडौं २३ वैशाख ।

रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरी उनलाई आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसार पक्राउ पर्नेमा योगेश राई रहेका छन् । उनले रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भनी पिडितहरुसंग ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस