आज:  | Sun, 19, May, 2024

नेपालमा बसेरे गैरकानुनी अनलाइन गेम खेलाएको अभियोगमा १३ भारतीय नागरिक पक्राउ

२४ बैशाख २०८१, सोमबार १९:०९ मा प्रकाशित ( १ हफ्ता अघि) १९८ पाठक संख्या
नारी बाटिका


बुटवल २४ वैशाख ।

नेपालमा बसेर गैरकानुनी रुपमा अनलाइन गेम तथा सट्टेबाजीको व्यवशाय संन्चालन गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै भारतको राजस्थान जयपुरस्थित बस्ने रहेका छन् । उनीहरुले बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउने व्यवशाय संन्चालन गर्दै आएका व्यक्तिहरुलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूले बुटवलमा २ वटा फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको सयुक्त टोलीले उक्त घरमा छापा मारी उनीहरुलाई पक्राउ गरेको होे ।

१३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने ३९ थान मोवाईल १३ थान कम्यूटर लगायतका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले जानकारी दिनु भयो। शोमबार पक्राउ परेका १३ भारतीय नागरिकहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

गत मंसिर देखि उनीहरुले अफिस संचालन गर्न भन्दै घरको २ वटा प्यालाट भाडामा लिएको बताइएको छ । उनीहरूको बारेमा थप अनुसन्धान जारी रहेको प्रनाउ पण्डितले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस