
नारी बाटिका
बिबियु -नारी बाटिका संवाददाता

धादिङ – २९ वैशाख ।

सुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नं। ३ एमाले चोकस्थित पुछारबजारमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख तथा प्र.उपरिक्षक गौतम कुमार केसी,प्र.ना.उ. मकेन्द्र कुमार मिश्र, स्थानिय जनप्रतिनिधी,टोलसुधार समितीका पदाधिकारी लगायतको सहभागितामा कार्यक्रम गरिएको हो
यस्तै यस सचेतनामुलक कार्यक्रममा स्थानिय महिला,पुरुषहरु, बालबालिकाहरु समेत गरी ६० जनाको सहभागितामा आत्महत्या र आगोलागी,साईवर अपराध र सुरक्षा सम्बन्धी सचेतनामुलक वृतचित्र,भिडियो प्रसारण गरिएको थियो ।
पछिल्लो समयमा चुनौतीको रुपमा देखिएको आत्महत्या,आगोलागी, तथा साईवर अपराधका घटनाले समाजमा जोखिम बढाउँदैछ । जसका कारण धादिङ जिल्लामा पनि आत्महत्याका घटनाहरु दिनानु जस्तै हुने गरेको पाईन्छ ।
देशैभरमा हालको समयमा सुचना प्रविधिको विकास संघसंगै साइबर सुरक्षा कायम राख्नमा पनि त्यतिकै चुनौती भैईरहेको अबस्थामा धादिङ प्रहरीद्वारा विगतदेखी नै विभिन्न संघसंस्था,स्थानीय पालिका,प्रहरीका स्थानीय स्तरमा भएका प्रहरी पोष्टहरु लगायतको सक्रियतामा यस्ता चेतनामुलक कार्यक्रमलाई तिब्रता दिई रहेको छ ।







प्रतिक्रिया दिनुहोस