
नारी बाटिका
आठवर्ष अघि पोलियो खोप दिन छुटेकालाई यस अभियानमा समावेश गर्ने
धादिङ ३१ वैशाख ।
आठवर्ष अघिदेखी पोलियो खोप लगाउनबाट छुटेका बालबालिकालाई सरकारले अभियानको रुपमा पोलियो खोप दिने तयारी गरेको छ । आइृतबार स्वास्थ्य कार्यलय धादिङले सरोकारवालासंग जिल्ला तहमा छलफल संचालन गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयले देशभर पोलियो रोग उन्मुलन गर्ने अभियान अन्तर्रगत पोलियोको टाइप २ चरणमा खोप छुटेका बालबालिकालाई अभियानको रुपमा आइपिभि खोप अभियान भनेर खोप लगाइने भएको छ । यसै अभियानको प्रचारप्रशार गर्ने उदेस्यले आईतबार जिल्ला सदरमुकाम धादिङबेसीमा जिल्ला पोलियो खोप समन्वय समितिको बैठक बसेको थियो ।
धादिङ जिल्ला समन्वय समितिका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा बसेको सो बैठकमा आगामी जेठ १३ देखि २६ गतेसम्म खोप अभियान संचालन गर्ने निर्णय गरेको छ ।
यसैगरी नियमित खोप केन्द्र र पालिकाहरुका सबै विद्यालयमा खोप केन्द्र समेत ४ सय ८० खोपकेन्द्रबाट १२ हजार ७ सय ९० जना बालबालिकालाई खोपदिने अभियान संचालन गरिने जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख बिपुकुमार झाले जानकारी दिनु भयो ।
यस पोलियो खोप २०७३साल बैशाखदेखि ०७५ असोज सम्म दिन छुटेकाहरुलाई यस पटकको खोप अभियानमा सहभागि गराइने र समूदायमा भएका कोही नछुटुन भनेर खोपकेन्द्रबाट मात्र नभइ स्वास्थ्य संस्थाबाट समेत खोप अभिायन संचालन गरिने योजना रहेको जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर श्याम पोखरेलले जानकारी दिनु भयो ।
यसअघि पोलियो खोप झोल(थोपा) खुवाइने गरिएको थियो भने अहिले अभियानको रुपमा सुइबाट खोप दिनेगरि नेपालभर एकै पटक संचालन गर्नेगरि व्यवस्था मिलाइएको जानकारी गराईएको छ । सन् २०२६ मा पोलियो उन्मुखलन गर्ने लक्ष लिइएकोले सबैलाई पोलियो खोपका लागि नजिकको खोपकेन्द्रमा बालबालिकालाई लैजानका लागि जनस्वास्थ्य कार्यालय धादिङले सार्वजनिक सूचना,विभिन्न संन्चार माध्यम मार्फत आग्रह गरेको छ ।







प्रतिक्रिया दिनुहोस