
काठमाडौँ ४ जेठ ।
सुक्रबार गृह मन्त्रालयले ३ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले ३ जिल्लामा प्रजिअ हरुको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेका हुन् ।
सो अनुसार अनुसार बाँके जिल्ला प्रशासन कार्यालयमा खगेन्द्रप्रसाद रिजाललाई सरुवा गरिएको छ । यसअघि उहाँ बागलुङ जिल्लामा कार्यरत हुनहुन्थ्यो ।
यस्तै बागलुङ जिल्लाको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यलय पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ ।













प्रतिक्रिया दिनुहोस