आज:  | Sat, 27, Jul, 2024

सुक्रबार गजुरीमा भएको मोटरसाइकल दुर्घघटनामा एक युवकको मृत्यु,एक घाईते

५ जेष्ठ २०८१, शनिबार ०७:०६ मा प्रकाशित ( २ महिना अघि) २३९ पाठक संख्या
नारी बाटिका


गजुरी दुर्घटना अपडेट :

धादिड ५ जेठ ।

धादिडको गजुरीमा मोटरसाइकल ट्रकमा ठक्करबाट दुर्घटना हुदा एकको मृत्यु एक घाईते भएका छन् । सुक्रबार दिउँसो गजुरी गाउँपालिका–१ गजुरीबजारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक युवकको घटनास्थल मै मृत्यु भएको हो ।

दुर्घघटनामा परी मृत्यु हुनेमा धादिडको सिद्धलेक गाउँपालिका–६ का अन्दाजी १८ बर्षिय शनि घले रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

हिजो (सक्रबार दिउँसो काठमाडौंबाट चितवनतर्फ जादैँ गरेको ना ६ ख २९२० नम्बरको ट्रकले सडक क्रस गर्दै गरेको प्रदेश ३–०२००६ प २५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक घलेको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडी सवार गजुरी–१ नयाँबजारका अन्दाजी १५ बर्षका सुबिन बराईली गम्भिर घाईते भएका छन्। घाईते सुबिनलाई उपचारको लागि काठमाडौँ पठाइएको र ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिईएको प्रहरीले लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस