
काठमाण्डौँ ५ जेठ ।
गृह मन्त्रालयले नेपाल प्रहरीका चार जनालाई बढुवाको सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चारजना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको हो।
सिफारिस हुने एसएसपीहरूमा कृष्णहरि शर्मा पोखरेल, दान कार्की, मनोज केसी र राजन अधिकारीलाई बढुवाको लागी सिफारिस गरेको समितेले जनाएको छ ।
उहाँहरुलाई मेरिटसँगै कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको र यसले सङ्गठनलाई बलियो बनाउने हेड क्वाटर स्रोतले बताएको छ ।












प्रतिक्रिया दिनुहोस