आज:  | Sat, 27, Jul, 2024

छानविन समितीको बैठक निष्कर्ष विहीन,आज कांग्रेसले काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने

११ जेष्ठ २०८१, शुक्रबार ०७:५२ मा प्रकाशित ( २ महिना अघि) २२१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ११ जेठ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज काठमाडौँ केन्द्रित विषाल विरोध प्रदर्शन गर्ने भएको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको कांग्रेस नेता एव्ं प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनु भयो ।

उहाँलेआज (शुक्रवार) कांग्रेसको नेतृत्वमा काठमाडौँ केन्द्रित संघर्ष गर्ने र सहकारीका विषयमा पीडित केन्द्रित आन्दोलन गर्ने पार्टीले निर्णय गरेको बताउनु भयो ।

यसैगरी पार्टीलाई स्थानीयस्तरसम्म लैजान विभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको पनि बताउनु भयो। पार्टीका नेताहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कांग्रेसको नेतृत्व गर्नेहरुबाट पार्टीलाई ठिक ठाउँमा पु¥याउन नसकेको आरोप लगाउँदै आईरहेका वेला काँग्रेसले नागरिककाबिचमा गई उनीहरुको सवाल समस्यामा सहयोग गर्ने भएको हो ।

पछिल्लो समयमा देशका विशेषगरी शहर केन्द्र्रीत केही सहकारीहरुले नियम विपरित सहकारीका बचत अपचलन गर्ने तथा हिनामिना जस्ता कार्य गरेका पाईएकोले सदस्यका बचत सम्रक्षणका निमित्त पार्टीले काम गर्ने निर्णय गरेको जनाईएको छ ।

उहाँले भन्नु भयो ‘नेपाली कांग्रेसले राखेको गृह्रमन्त्री रवी लामिछानेको सहकारी ठग प्रकरणमा नाम आएकोले उहाँमाथी छानविन गर्न आफ्नो पार्टीले अडान राखिरहेको बताउनु भएको छ । तर उक्त संसदीय छानविन समितीमा बसेको बैठकको पनि निष्कर्ष विहीन बनेको बताउनु भयो । यस्तै नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्ष विहीन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस