
नारी बाटिका
काठमाडौं १३ जेठ ।
काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ । अदालतले चलन चलाइदिनू भनेको जग्गा नगरपालिकाले आफ्नो कब्जामा राखिराखेकोले न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना सम्वन्धि कसुरमा उक्त सजायँ सुनाएको छ ।
मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई समेत अदालतको अवहेलनामा १ महिना कैदको आदेश सुनाइएको हो ।
उनीहरूलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया दिनुहोस