आज:  | Sat, 27, Jul, 2024

चितवनको सत्र किलोमा ४ वटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु,२३ घाईते

१४ जेष्ठ २०८१, सोमबार ०७:२१ मा प्रकाशित ( २ महिना अघि) २३० पाठक संख्या
नारी बाटिका


चितवन १४ जेठ ।

चितवनको नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्रगत सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । उक्त घटनामा २३ जना गम्भिर घाईते भएका छन् ।

भरतपुर महानगरपलिका–२९ को सत्र किलोमा गएराति भएको दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ चितवन जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

काठमाडौंबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं‍ को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिवास तर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं को बस र वीरगंञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं को बस एकै ठाउँमा ठक्कर खान जाँदा सो दुर्घटना भएको हो।

उक्त दुर्घटनामा चार वटै सवारी साधनका चालक सहित २३ जना घाईइते भएका छन् । तर यो समचार तथार पार्दासम्म घाइैतेहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेहरुमध्ये एक युवकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते मध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीको भनाई छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस