आज:  | Sat, 27, Jul, 2024

राप्रपाको ४० बुँदे माग सहित दबाबमूलक प्रदर्शन गर्ने निर्णय

१४ जेष्ठ २०८१, सोमबार १८:४१ मा प्रकाशित ( २ महिना अघि) २२३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ -१४ जेठ ।

राष्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० बुँदे माग राखी सम्वोधन नभए दबाबमूलक प्रदर्शन गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यसम्पादन समितिमा बसेको बैठकमा ४० बुँदे मागको बारेमा अहिलेसम्म सम्बोधन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

सो बैठकमा सुशासन, विकास र सेवा प्रवाहसँग सम्बन्धित माग तत्काल सम्बोधन गर्न र दीर्घकालीन माग र मुद्दाहरूमा सबै दलहरुबीच नवीन समझदारी गर्नुे गरी निर्माणका लागि पहल गर्न ध्यानाकर्षण गराउने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनु भयो ।

यसैगरी सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । आन्दोलनको स्वरूप निर्धारण गर्ने जिम्मेवारी आन्दोलन परिचालन समितिलाई दिएको छ ।

साथै उक्त बैठकले भ्रष्टाचार, जनजीविका र समसामयिक विषयमा दबाबमूलक जनप्रदर्शन गर्ने समेत निर्णय गरेको अध्यक्ष लिङ्देनले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस