आज:  | Sat, 27, Jul, 2024

सामुहिक बलात्कार कसुरमा तिन युवालाई कैद सजाय

१७ जेष्ठ २०८१, बिहीबार १८:५५ मा प्रकाशित ( १ महिना अघि) ११० पाठक संख्या
नारी बाटिका


धादिङ १७ जेठ ।

धादिङ  जिल्ला अदालतले सामुहिक बलात्कार गर्ने तिनजनालाई कैद सजायाँको फैसला गरेको छ । चारवर्ष अघि सामुहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले बुधबार दुईजनालाई १३ वर्ष र एक जनालाई १४ वर्ष कैद सजायाँको फैसला गरेको हो ।

चारवर्ष अघि गंगाजमुना गाउँपालिका–३ का २७ वर्षीय राजकुमार तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ र १९ वर्षीय सुमित गरुङले ०७६ चैत १ गते नाम नखुलेकी एक १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेका थिए ।

बालिकालाई तिनजनाले सामुहिक बलात्कार गरेपछी पीडित पक्षका नजिकका आफन्तले जिल्ला प्रहरी कार्यालय धादिङमा ०७६ चैत २ मा उजुरी दिएका थिए ।

उजुरीपछी पिडित बालिकाको धादिङ अस्पतालमा स्वास्थ्य परिक्षणपछी ०७६ चैत २८ गते मुद्दा दर्ता भएको थियो । अनुसन्धानकै क्रममा पीडक पीडित दुबैको डिएनए परिक्षण समेत प्रतिवेदनको आधारमा मुद्दाको चारवर्षपछि बुधबार अन्तिम किनारा लागेको हो ।

जिल्ला न्यायधिस गोपालप्रसाद वास्तोलाको ईजलासले जनही १२ वर्ष कैद गर्दै मुद्दा र कसुरदारहरुको अपराधको प्रकृति हेरि कसुरदारहरु मध्ये राजकुमार तामाङलाई थप २ वर्ष र बुद्धिमान तामाङ र सुमित गुरुङलाई थप एकएक वर्षको दरले कैद सजायाँ गर्ने ठहर गरेको श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनु भयो ।

कसुरको प्रकृति अनुसार राजकुमार तामाङलाई २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

साथै जिल्ला अदालतमा २१ पटकको पेसीपछि वास्तोलाको ईजलासले यहि जेठ ७ गते कसुर कायम गरिएको थियो ।

सामुहिक रुपमा भएको घटना र बलात्कार पछिको प्रमाण संकलनको क्रममा डिएनए परिक्षण गर्न नेपाल विधिविज्ञान प्रयोगशालाबाट प्रतिवेदन आउन ढिलाइ भएका कारण मुद्दाको फैसलामा पनि ढिलाई भएको अदालतले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस