आज:  | Sat, 27, Jul, 2024

मनसुन सक्रिय भयसँगै बाढी, पहिरो र डुबान हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह

२१ जेष्ठ २०८१, सोमबार १९:४० मा प्रकाशित ( १ महिना अघि) १६६ पाठक संख्या
नारी बाटिका


रसुवा २१ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले मनसुन सक्रिय भयसँगै जिल्लावासीहरूलाई बाढी पहिरो र डुवानको जोखिम उच्च हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । वर्षादको समयमा अत्यधिक रूपमा मनसुन सक्रिय भई पहाडी भेगमा पहिरोको जोखिम हुने भएकाले बाढी, पहिरो डुवानको जोखिम उच्च हुने भएकाले पहिरो,डुबान र बाढीको न्यूनीकरण गर्नका लागि पुर्वतयारिका साथै पहिरोको पूर्व संकेतहरू देखिन थालेकाले सतर्ककता अपनाउन जिल्लावासीहरुमा सु सुचित गराएको हो ।

प्रशासन कार्यलयले आज एक सुचना जारी गर्दै समयमै ध्यान दिई आफू पनि बाच्न र धन जनको क्षति हुनबाट जोगाउन पूर्व तयारी गर्न सबैलाई आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनु भयो।

यसैगरी वषषर््याममा पहिरो जान लागेको कसरी थाहा पाउने,पहिरो जान नदिन पूर्व तयारी कसरी गर्ने भन्ने कुराहरू रसुवावासीहरूलाई प्रशासन कार्यलयले सचेत गराएको जनाईएको छ ।

विशेषगरी वर्षादको समयमा ‘पानिका मूलहरू अस्वाभाविक रूपमा सुक्नु अथवा मूलहरू बढ्नु,बस्ती भन्दा तल पट्टि ठुलो खोला अथवा नदी छ र त्यसले सक्रिय रूपमा जमिन कटान गर्न लागेको छ भने पहिरो जाँदै छ भनेर बुझि यस्तो स्थिति देखिएमा तत्काल सुरक्षित स्थान तर्फ स्थानान्तरण भइहाल्नु पर्ने जस्ता कुराहरू मा ध्यान राख्नुपर्ने छ ।’

यसैगरी पहिरो जानै नदिने उपायहरू धेरै भिरालो डाँडा वा पहाडको मुनि बस्तीहरू नबनाउने,नदिनालाको पानीको बहावलाई जमिन कटान हुन नदिने गरी व्यवस्थापन गर्ने,जथाभावी डोजर,एक्साभेटर प्रयोग गर्दै नगर्ने जस्ता यावत कुराहरूलाई ध्यान दिन आग्रह गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस