आज:  | Sat, 27, Jul, 2024

राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको राजन सुवेदी र सिन्दिरा जोशी नेपालको नयाँ च्याम्पियन

२४ जेष्ठ २०८१, बिहीबार १९:४४ मा प्रकाशित ( १ महिना अघि) १७६ पाठक संख्या
नारी बाटिका



२४ जेष्ठ , काठमाडौं ।

झापाली खेलाडी राजन सुवेदी २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको नयाँ च्याम्पियन बनेका छन् । उनले ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंक सहित नयाँ विजेता बनेका हुन् । शीर्ष १२ खेलाडी बिच सहभागी नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोविन लिगको अन्तिम खेलमा जित हात पार्दै सर्वाधिक आठ अंक बनाएर राजन च्याम्पियन भएका हुन् ।

उनले १९२३ रेटेड प्रेमकृष्ण विरुद्ध एक अंक हात पारी सात जित, दुई बराबरी र दुई हारको नतिजा आत्मसाथ गरेका छन्। ३५ वर्षीय राजनले नयाँ विजेता बनेसँगै सेप्टेम्बर ९ देखि २३ सम्म हंगेरीको बुढापेष्टमा हुने ४५ औं चेस ओलम्पियाडको लागि नेपाली टिममा स्थान सुरक्षित गरेका छन् ।

त्यसैगरि झापा कै श्रुसुरत दाहलले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई पराजित गर्दै ७।५ अंक बनाएर दोश्रो स्थानमा रहन सफल बनेका छन्। टाइब्रेकका आधारमा समान ७।५ अंक प्राप्त गरे पनि क्षितिज भण्डारी तेस्रो स्थानमा रहेर राष्ट्रिय प्रतियोगिता टुङ्ग्याएका छन्। यससँगै शुश्रुत र क्षितिज दुबैले ओलम्पियाडको यात्रा तय गरेका छन्।

यस्तै शुश्रुतले फाइनल चरणको खेलमा पुरुषोत्तम सिलवालाई पराजित गरेका थिए भने क्षितिजले दोलखाका राजिव कार्कीलाई हराएका थिए । ९ औं महिला राष्ट्रिय बुद्धिचाल तर्फको अन्तिम खेलमा कृतिसारा अधिकारी संग पराजित भएता पनि ९ अंक सहित दोस्रो पटक सिन्दिरा जोशी नेपाल च्याम्पियन हुन सफल भइन्।

सिन्दिरले ११ औं चरणको खेल मध्ये आठ खेलमा सफलता हात पारे भने दुई खेलमा हार ब्यहोरेका थिए। यसैगरी झापाका कृतिसारा अधिकारीले ८।५ अंक जोड्दै उप विजेता बन्न सफल भईन्। उनले अन्तिम खेल आफ्नो पोल्टोमा पार्दै ओलम्पियाडको टिकट दाबि गरेकी छिन्। प्रतिस्पर्धामा उत्कृष्ट खेल पस्केकी कास्कीका पूजा भण्डारी ८ अंक प्राप्त गर्दै तेस्रो भइन। उनीसंगै ८ अंक हात पार्दै शान्ति धिमाल चौथो स्थानमा उभिन सफल भईन्। चार महिला खेलाडी ओलम्पियाडको लागि छनौट हुने क्रममा शान्ति पनि सफल भइन् ।

नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार हंगेरीको बुढापेष्टमा पुरुष तर्फ विवेक थिङ, रुपेश जैसवाल, राजन सुवेदी, शुश्रुत दहाल र क्षितिज भण्डारी छनौट भएका छन् । महिला तर्फ सुजना लोहनी, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी र शान्ति धिमाल छनौट भएका छन्।

लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पाली सभापतित्वमा भएको समापन तथा पुरस्कार वितरण समारोह नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गरेका छन् ।

नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्याय तथा कार्यक्रम संयोजक दिपेन राईका अनुसार आर्थिक व्यवस्थापनमा सहकार्य गर्ने हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रा।लि।भक्तपुर, ओम क्वालिटि फाइबर ग्लास एण्ड ग्रील मेटल इण्ड प्रा।लि। किर्तिपुर काठमाण्डु , प्रभु बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल टेलिकम, रुक्मिणी टुर्स एण्ड ट्राभल्सको प्रायोजन रहेको जानकारी गराएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस