
नारी बाटिका
काठमाडौं २८ जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्व मोहनप्रसाद यादव,प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत,सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
उनीहरूले विद्यालयको भवन निर्माण गर्दा अनियमितता गरेको आरोपमा आयोगले भ्रष्चार गरेको पाईएपछी उनिहरु विरुद्ध भ्रष्ट्राचारको मुद्धा दायर गरेको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत,सहितको मिलेमतोमा अनियमितता गरेको पुष्टी भएसंगै १४ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गर्ने निर्णय गरेको थियो । रामजानकी दलित आधारभूत विद्यालयको भवन निर्माण गर्दा १४ लाख ५१ हजार ५५१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
सोही प्रकरणमा भ्रष्ट्राचारको आरोप लागेकाहरुमा नवराजपुर गाउँपालिकाका तत्कालीन उपाध्यक्ष शोभा कुमारी यादव, योजना शाखाका प्रमुख रमेशकुमार निधि, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह, सव(इन्जिनियर सन्तोषकुमार यादव, जिन्सी प्रमुख सञ्जय प्रसाद यादव, उपभोक्त समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनी देवी मण्डल, सचिव रामभरोस मुखिया मलाह रहेका छन् ।
यस्तै, नवराजपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष मदन यादव, वडा नं ५ का तत्कालीन वडाध्यक्ष मनोज कुमार यादव, वडा नं. २ का तत्कालीन वडाध्यक्ष खुसिलाल साह विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले आरोपितहरु सबैसँग १४ लाख ५१ हजार ५५१ रुपैयाँ बिगो दाबी समेत गरिएको छ ।







प्रतिक्रिया दिनुहोस