आज:  | Sat, 27, Jul, 2024

पद र पावरले गलत कार्य छिप्दैन भन्ने पुष्टी,न्यायाधीश गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

२९ जेष्ठ २०८१, मंगलवार ०७:४५ मा प्रकाशित ( १ महिना अघि) १४२ पाठक संख्या
नारी बाटिका


बिबियु ,नारी बाटिका संवाददाता

काठमाडौँ- २९ जेठ ।

बलात्कारको मुद्दामा दोषी ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ ।

गिरी यस अघि नै दोषी ठहर गरिसकेका थिए भने जिल्ला अदालत काठमाडौँका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय निर्धारण गरेको हो ।

जिल्ला अदालत कपिलवस्तुमा वहाल रहेका न्यायाधीश गिरीविरुद्ध उनकै पत्नी आरती रावलले गत वर्षको वैशाख १९ गते आफुमाथी वैवाहिक बलात्कार भएकोमा मुद्दा दायर गरेकी थिइन् । गिरी विरुद्ध मुद्दा दायर भएपछि निलम्बित गरी सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । उनले गत वैशाख तीन गते जिल्ला अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

जिल्ला अदालत कपिलवस्तुमा वहाल रहेकै अवस्थामा आफुनै पत्नीले बैवाहिक बलात्कारको आरोपमा मुद्धा दायर गरेपनि पावर र पहुँचमा रहेकोलले न्यायाधीश गिरीलाई सजायँ हुनेमा धेरैले आशंका व्यक्त गरेका थिए । तर अन्याय गर्नेहरुको पक्षमा नेपालको न्यायपलिका रहेनछ । देशमा न्याय मरेको रहेनछ भनेर महिला अधिकारकर्मीहरुले आशय व्यक्ति गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस