
नारी बाटिका
मुगु ६ असार ।
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णु कुमार भामले आफ्नै नगरकी महिला उपमेयर ऐश्वर्या मल्लमाथि निर्घात कुटपिट गरेका छन् । पीडित उपमेयर मल्लले आफूमाथि मेयर भामको समूहले हात हतियार सहित आक्रमण गरी गम्भीर घाइते बनाएको भन्दै प्रहरीमा जानकारी गराएकी छिन् ।
उपमेयर ऐश्वर्या मल्लका अनुसार मेयर भामको समूहले नगरपालिकाको कार्यालय गमगडीमा उनीमाथि आक्रमण गरेको हो । आक्रमणबाट गम्भीर घाइते भएकी उनी यतिबेला मुगुकै सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार गराईरहेकी छिन् । मुगुको छायाँनाथ नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका तर्फबाट विजयी भएका थिए । ‘
आज उक्त नगरपालिका अन्तर्रगतको कार्यपालिकाको बैठक थियो । जनताको आवाज र समस्यालाई बजेटमा सम्बोधन गरिनुपर्ने माग राखेर मैले छलफल गर्न पुग्दा मलाई महिला भनेर ममाथि हिंसा भयो,’ । उपमेयर मल्लले ,बताएकी छिन् । उनीहरुबिच आगामी नगरसभामा बिनियोजन गर्नुपर्ने १५ करोड रुपैयाँ बजेट पेस गर्नुपर्ने विषयमा विवाद भएको थियो ।’
उपमेयर मल्लको अधिकारमाथि पटक पटक मेयर भामले हस्तक्षेप गरेको पीडित उपमेयरको आरोप छ । नगरपालिकामै कार्यरत उनका श्रीमानलाई नगरप्रहरी लगाएर थुनामा राखेको समेत मल्लको भनाई छ ।
‘उपमेयर मल्लले भनिन् ममाथि दिलिप भाम, विष्णु खत्री र नरेश भामले हतियार सहित आक्रमण गर्न आएपछि एक जना नवराज मल्लले छेक्नु भयो । मेरो कार्यकक्षमा फर्कदैँ गर्दा ममाथि कुटपिट सुरु भयो । मेरो छातीमा दाग छ । मलाई नाङ्गै बनाइयो । मेरो छातीमा चोटपटक छ,’ उनले भनिन् ।
उनका अनुसार उपमेयर मल्लमाथि प्रहार गरेको खुकुरी रामराज नाम गरेको व्यक्तिको टाउको फुटेको छ भने उपमेयर मल्लको दुई तोलाको सिक्री समेत हराएको छ ।







प्रतिक्रिया दिनुहोस