आज:  | Thu, 18, Jul, 2024

पत्रकारका हक हितका लागी ऐन कार्यान्वयन र संशोधनका विषयमा सुझाव संकलन

१३ असार २०८१, बुधबार ०८:०७ मा प्रकाशित ( ३ हफ्ता अघि) १२९ पाठक संख्या
नारी बाटिका



बिबियु नारी वाटिका संवाददाता

धादिङ १२ असार ।

पछिल्लो समयमा श्रमजीवी पत्रकारले भोगिरहेका समस्या समधानका लागी ऐन कार्यान्वयनका लागी धादिङमा सुझाव संकलन कार्यक्रम गरिएको छ । संन्चार,संस्था तथा मिडिया हाउस संन्चालन र सो मा कार्यरत पत्रकारहरुको हितका लागी राज्यले निर्माण गरेका कानुन् प्रभावकारी रुपमा कार्यन्वयन नहुनाले श्रमजीवी पत्रकारहरु समस्या पर्ने गरेका छन् ।

अर्को तर्फ हालको संन्चार संस्था व्यवस्थापन र पत्रकार हितका लागी कानुनमा भएका कतिपय विषयहरुमा टुर्टी हुंदा हालको ऐनलाई संशोधन गर्नुपर्ने अवस्था रहेकोले सो विषयमा सहभागीहरुको सुझाव रहेको छ ।

पत्रकारले आफुले संन्चार माध्यममा गरेका कामको समय,योज्ञता,सिप,क्षमता तथा मिडिया हायसको मार्सिक,वार्षिक आम्दानी र अवस्थाको आधारमा पारिश्रमिक निर्धारण हुनुपर्ने सवालमा छलफल भएको थियो ।

पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ धादिङ शाखाको समन्वयमा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रका समस्या र समाधानका विषयमा सुझाव संकलन गरिएको थियो ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य टेनिश रोक्काको प्रमुख आतिथ्य तथा रामहरी कार्कीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा धादिङका विभिन्न संचार माध्यममका संचालक तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रामहरी कार्कीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा ठूलो चुनौती रहेको बताउँदै यसलाई लागू गर्न सबै मिडियाकर्मीको सहयोग आवश्यक रहेको बताउनु भयो । ऐनलाई कानुनी रूपमा लागू गर्दा आइपर्ने समस्या र चुनौतीहरु समाधान गर्दै बनेका कानुन्को कार्यन्वयनको पाटोलाई उहाँको जोड रहेको छ ।

सुझाव संकलन कार्यक्रमका अध्यक्ष एव्ं नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले मिडिया टिकाउन सरकारद्वारा आवश्यक पहल गर्नुपर्ने बताउनु भयो । पत्रकारहरु स्ट्रिन्जरको रूपमा काम गर्नुपरेको समस्या बताउँदै मिडिया सञ्चालक र पत्रकारहरुबिच दोहोरो भूमिका नखेल्न आग्रह गर्नु भएको छ ।

सुझव संकलन कै क्रममा पत्रकारहरुले विज्ञापन प्रतिको अनियमितता, बढ्दो मिडिया संख्याले क्षेत्रमा पारेको असर, बेतलबी र न्यून पारिश्रमिकमा काम गर्नु पर्ने जस्ता समस्याहरु उठेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस