
नारी बाटिका
धादिङ १५ असार ।
नेपालीको परपरा अनुसार आज असार १५ दही चिउरा खाएर यस पर्व मनाईँदैछ । तर देशमा राजनितिक परिवर्तन संगसंगै आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाईने गरिएको छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँने गर्दछन् ।
मुठी खाएर मुरी उब्जाउने मान्यता बोकेको यस असार महिनामा किसानीहरु कामको चटारोले थकित भएपनि शक्ति प्राप्तिका लागि दही चिउरा खाने प्रचलन छ । खान त अन्य समयमा पनि दही चिउरालाई उत्तम खाजाको रुपमा खाने गरिन्छ । तर असार १५ गते खाईने दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने धार्मिक विश्वास गरिन्छ।
त्यसो त दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ। नेपालको मुख्यबालीको रूपमा रहेको धानबाट बन्ने चिउरा पनि पौष्टिक पदार्थ मानिएको छ।यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा उच्च स्थान लिएको छ ।







प्रतिक्रिया दिनुहोस