
नारी बाटिका
काठमाडौं ३ साउन ।
झापामा अहिले भर्खरै अत्यधिक वर्षा भएको छ। झापाको शनिश्चरेस्थितमा पछिल्लो ३ घण्टामै १०० मिलिमिटर भन्दा बढी वर्षा भएको मापन भएको छ ।
यसैगरी सो क्षेत्र आसपासमा पनि भारी वर्षा भएकाले बिरिङ, अधुवा र अन्य साना खोलाका आसपास बस्नेहरूलाई सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार मेची जलाधार क्षेत्रको निन्दा खोलाको बाढीले खतराको तह पार गरेपछि संकेत स्वरूप साइरन बजाइएको थियो।
यस्तै गएराति डोटी र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा पनि भारी वर्षा मापन भएको छ । सिन्धुपाल्चोकको मानेखर्क लगायतका स्थानमा ६० मिलिमिटरसम्म वर्षा भएको छ महाशाखाले जनाएको छ।
त्यस्तै डोटी जिल्लामा पनि ५४.८ मिलिमिटिर वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ








प्रतिक्रिया दिनुहोस