
चितवन – ५ साउन ।
आज भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा तेलको ट्याङ्कर र बस एक आपसमा ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् ।
शनिबार अपराह्न अ.३ बजेको समयमा सो सडकखण्डको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएर १६ जना घाईते भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको प्रहरीले जनाएको छ । साथै घटना बारे थप विवरण अउन बाँकी रहेको छ ।












प्रतिक्रिया दिनुहोस