आज: २०८३ भाद्र १२, शुक्रबार | Fri, 28, Aug, 2026

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

२०८१ श्रावण १५, मंगलबार मा प्रकाशित ( २ साल अघि) ८७३० पटक पढिएको
नारी बाटिका


मकवानपुर १५ साउन ।

आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले विश्वासको मत लिंदै हुनुहुन्छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट पछिल्लो समयमा लामा ८ मुख्यमन्त्रीमा नियुक्त भएको थिए। लामाले आज विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालय हेटौंडामा १३ साउनमा दर्ता गराइृसक्नु भएको छ। विश्वासको मत लिने कार्यका लागि आज प्रदेश सभाको बैठक अपरान्ह तीन बजे बोलाइएको छ।

मुख्यमन्त्री नियुक्त हुनु भएका लामाले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीनुसार उहाँले मुख्यमन्त्रीमा विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस