आज:  | Tue, 10, Sep, 2024

माइक्रोमाथि रुख ढलेपछी १० जना घाइतेको पुरा ( विवरण सहित)

२१ श्रावण २०८१, सोमबार १४:५१ मा प्रकाशित ( १ महिना अघि) २३८ पाठक संख्या
नारी बाटिका


फाईल तस्वीर

धादिङ २१ साउन ।

धादिङको गजुरी( ५ जरेखोलामा आज बिहान माइक्रो बसमाथि रुख ढल्दा १०जना यात्रुहरु घाइते भएका छन् । घाईतेहहरुको पहिचान पनि खुलिसकेको छ । शोमबार धादिङबेसीबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माइक्रो बसमाथि आज बिहान बाटोमा रुख ढलेर माईक्रोलाई थिचेको थिायो । रुखले माईक्रोबसलाई थिचेपछी सो माईक्रोमा सवार १५ जना यात्रुमध्ये १० जना घाइते भएका हुन् ।

घाईते भएकाहरु मध्य ६ जनाको अवस्था सामान्य रहेको छ भने ४ जना यात्रुको अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ। घाइते हुनेहरुमा धादिङको निलकण्ठ नगरपालिका( ३ पुछार बजार बस्ने २६ वर्षकी निन्दु शाह (टाउकोमा चोट, अबस्था सामन्य), सोही स्थानमा बस्ने वर्ष ५० को शिवराज अधिकारी (दाहिने हातमा चोट, अबस्था सामान्य) रहेको छ ।

त्यसैगरी निलकण्ठ नगरपालिका( ३ शान्तबजारकी ३१ वर्षीया सुनिता घिमिरे (शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम), निलकण्ठ( ३ कै निबासी बीचबजार बस्ने वर्ष ४० को रमेश अधिकारी (दुवै हातमा चोट, अबस्था सामान्य) रहेको प्रहरीको भनाई छ ।

त्यस्तै, सोही स्थानका १४ वर्षीया डिल बहादुर गुरुङ (टाउकोमा चोट, अवस्था सामान्य), धादिङको खनियाबास गाउँपालिका( ४ खट्करीका २६ वर्षीय उर्मिला थापा मगर ( बाँया पाखुरामा चोट, अवस्था मध्यम), रुविम्याली गाउँपालिका( १ का ७२ वर्षका निर्माग तामाङ (छातीमा चोट, अवस्था मध्य), नेत्रावती गाउँपालिका( ४ का २२ वर्षीया सञ्जु भुसाल (दुवै हातमा चोट, अवस्था मध्यम) रहेको छ ।

,सोही घटनामा ज्वालामुखी गाउँपालिका( ६ बस्ने ३८ वर्षीया निदेश तिमिल्सिना ( दायाँ हातमा चोट, अवस्था सामान्य)र मुगु जिल्ला रारा नगरपालिका( ३ का २२ वर्षीया गंगाराम चौलागाईँ (पेट र बायाँ हातमा चोट, अवस्था सामान्य) रहेका छन्।

घाइतेमध्ये ७२ वर्षका निर्माग तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने बाँकी ९ जनाको गजुरीस्थित अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस