आज:  | Tue, 21, Jan, 2025

पेटको बच्चा आफ्नो नभएको भन्दै अत्याधिक कुटपिट गरी श्रीमतीको हत्या गर्ने युवक पक्राउ

२३ श्रावण २०८१, बुधबार १४:२३ मा प्रकाशित ( ५ महिना अघि) ११७३ पटक पढिएको
नारी बाटिका


धादिङ २३ साउन ।

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ महेश दोभानमा गर्भवती श्रीमतीको हत्या भएको छ । अफ्नी गर्भवती श्रीमतीको पेटमा भएको बच्चा आफ्नो नभएको भन्दै श्रीमतीलाई पेटमा अत्यधिक कुटपिट गरेपछी बच्चा बाहिर निस्केर अत्याधिक रगत समेत बगेपछी गर्भवती युवती वेहोस भएर भुईँमा ढलेकी थिईन् भने केही समयपछी उनको मृत्यु भएको हो।

गल्छी गाउँपालिका–६ महेश दोभानमा अस्थायी बसोबास गर्दै आएकी निशा क्षेत्री मगरको हत्या गरेको आरोपमा भारत दार्जिलिङ घर भएका ४९ वर्षीय प्रकाश मगर विरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा ०८१ साउन २२ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका –२ माइती भएकी निशा र प्रकाश बिच गल्छी गाउँपालिका–६ खैरेनी महेश दोभान क्षेत्रमा मजदुरी गरी अस्थायी बसोबास गर्दै आएका थिए । निशा गर्भवती भएपछी उनको पेटमा भएको बच्चा अर्केको हो भनी श्रीमान् प्रकाश मगरले पटक पटक कुटपिट गरी शारिरिक र मानसिक यातना दिँदै आएका थिए । सोही क्रममा साउन १८ गते राती पेटको बच्चा बाहिर निस्कने गरि कुटपिट गर्दा मृत्यु भएको हो ।

केही समय ढुंगानटारमा मजदुरी गरेर बस्दै आएका प्रकाश मगरले गर्भवती श्रीमतीलाई पटक पटक कुटपिट गरी यातना दिई यसअघि पनि यसलाई मार्छु भन्ने गरेको र घटना भएको राती पनि महेश दोभानमा आएर श्रीमतीको पेटमा अत्याधिक कुटपिट गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाँटीमा सलले बेरेर नीलडाम भएको पेटबाट बच्चा बाहिर निस्केको, रगतै रगत भएको अवस्थामा प्रहरीले शव भेटेपछि पोस्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौँ पठाइएको छ ।

निजले घटना घटाएपछि रक्सी खाएर बजारबासीलाई गाली गर्दै बसेको अवस्थामा प्रहरीले साउन २० गते बेलुका पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस