आज:  | Fri, 17, Jan, 2025

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाइलट मल्लसहित ५ जनाको मृत्यु,छानविन गर्न समिति गठन

२४ श्रावण २०८१, बिहीबार ०४:२० मा प्रकाशित ( ५ महिना अघि) १५९६ पटक पढिएको
नारी बाटिका


बिबियु नारी बाटिका संवाददाता

काठमाडौं २४ साउन।

नुवाकोटमा भएको हेलिकप्टर दुर्घटना बारे छानविन गर्न सरकारले समति गठन गरेको छ । गठित समितीमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

हिजो(बुधबार) नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित ५ जनाको मृत्यु भएको थियो ।उक्त दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन् । समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको सरकारका प्रवक्ता एव. सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस