आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

मनमोहन कार्डियो सेन्टरको छतबाट हामफालेर एक युवकले आत्महत्या गरे

२०८१ श्रावण २७, आईतबार मा प्रकाशित ( १ साल अघि) ५५०३ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ साउन।

मनमोहन कार्डियो सेन्टरको छतबाट हामफालेर एक युवकले आत्महत्या गरेका छन् । आत्महत्या गर्न कै लागी उनले कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट युवकले हामफालेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलामा रहेको एस क्याफेको छतबाट हामफालेका उनको मृत्यु भएको हो। यसरी आत्महत्या गर्ने युवक काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

ति युवकले घटना घटाए लगत्तै उनलाई उद्धार गरी उपचार गरिएको भएता पनि गहिरो चोटका कारण उनलाई बचाउन नकसिएको अस्पतालले बताएको थियो। उनले सेन्टरको छैठौँ तलामा रहेको एस क्याफेमा कफी पिएर बसेको केही समयपछि हामफालेको बताइएको छ । मृतक आचार्य त्रिवि शिक्षण अस्पताल र मनमोहन कार्डियो सेन्टरमा उपचाररत बिरामी वा उनका आफन्त नभएको कुरा प्रहरीले उल्लेख गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस