आज:  | Tue, 21, Jan, 2025

दक्षिण एसियाली साफ करातेका विजेता खेलाडीलाई नगरपालिकाद्वारा सम्मान

२७ श्रावण २०८१, आईतवार १७:२५ मा प्रकाशित ( ५ महिना अघि) १२४६ पटक पढिएको
नारी बाटिका



बिबियु नारी वाटिका संवाददाता
धादिङ २७ साउन।

निलकण्ठ नगरपालिकाले ८ औ दक्षिण एसियाली साफ कराते प्रतियोगितामा स्वर्ण पदक हासिल गर्न सफल खेलाडीहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नीलकण्ठ नगरपालिका ६ फ्याक्सीकी समीक्षा ढुङ्गाना र नीलकण्ठ नगरपालिका १३ की एरिका गुरुङ रहेकी छन् ।

उनीहरुले ८ औ दक्षिण एसियाली साफ कराते प्रतियोगितामा धादिङ जिल्लाबाट नेपालको प्रतिनिधित्व गर्दै उक्र खेलमा विजेता भई स्वर्ण पदक हाँशिल गर्न सफल भएका थिए ।। नगरपालिकाको तर्फबाट नेपाल कै प्रतिनिधित्व गरी स्वर्ण पदक जित्न सफल भएकोमा उनीहरुलाई उनीलाई रु,५० हजार सहित प्रमाण्पत्रले सम्मान गरिएको हो ।

नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाको अध्यक्षता भएको कार्यक्रममा उपमेयर दीपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,नगरपालिकाका प्रवत्ता प्रकाश श्रेष्ठ लगायतको आतिथ्यतामा सम्मन्न भएको थियो । साथै उक्त कार्यक्रमको सञ्चालन नगरपालिकाका मेघनाथ कोइरालाले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस